काठमाडौँ – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेले जित निकालेको छ ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजु लामाले तीन हजार ९२५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जेठा लामाले तीन हजार १९ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी मिठु लामा निर्वाचित भएकी छिन् । उनले तीन हजार २५१ मत पाइन भने उनका निकटतम प्रतिस्पर्धी माया तामाङले तीन हजार १०६ मत पाइन् ।
२०७४ को स्थानीय निर्वाचनमा यो गाउँपालिका एमालेले जितेको थियो ।