लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

37

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले)का चेतनारायण आचार्य नियुक्त भएका छन्।

सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा बहुमत सदस्य सहितको दाबी पेस गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसको साथमा आफूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नका लागि आचार्यले दाबी पेश गरेका थिए। लुम्बिनीमा कुल ८७ जना प्रदेशससभा सदस्य छन्। बहुमतका लागि ४४ जना सांसद् आवश्यक पर्छ। एमालेका २९ र कांग्रेस २७ जना गरी कूल ५६ जना सदस्य पुग्छ।

आचार्य अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। संसदीय दलको नेता रुपन्देहीका लिला गिरी छन्। पार्टी केन्द्रले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

null

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू