लुम्बिनी केबलकार बिहिबारदेखी सञ्चालन हुने

3

काठमाडौं – लुम्बिनी केबलकारको औपचारिक उद्घाटन बिहिबार हुने भएको छ। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहकाबिच गर्नेछन्।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग कम्पनीको त्रिपक्षीय सम्झौता पनि भएको छ।

सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउनेछ। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। आइएमईले यसअघि काठमाडौँको चन्द्रागिरि र नवलपरासीको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालन गरिरहेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू