बुटवल – लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन बोलाउन परेको निवेदनलाई अस्वीकृत गरिदिएका छन् । उनले मंगलबार निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नरहेको जानकारी गराएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए ।
२६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बामोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख गरेका छन् ।