लुम्बिनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित मृत्यु

15

बुटवल – रुपन्देहीको लुम्बिनी मेडिकल कलेज उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मुटु रोगी पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा उपचाररत थिइन् ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा शुक्रबार बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।

समाचार वर्गहरू