लुम्विनीमा केसी र कनौडिया आलोपालो मुख्यमन्त्री हुने सहमति

23
फोटो नयाँविकल्प

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएसँगै प्रदेशको नेतृत्वकोलागि नेकपा माओवादी केन्द्र र कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्रीको विषयमा आलोपालो गर्ने सहमति भएको स्वीकारेका छन्। मन्त्रालयको बाँडफाँटको विषयमा भने सहमति भइनसकेको उनको भनाई छ।

यही महिनादेखि नेकपा माओबादी केन्द्रको लुम्विनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसीले आगामी २०७८ फागुन २ गतेसम्म मुख्यमन्त्री बन्ने भएका छन्।

फागुन ३ गतेदेखि भने नेपाली कांग्रेस लुम्विनीको संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने सैद्धान्तिक सहमती भएको छ ।

समाचार वर्गहरू