काठमाडौं – लोकसेवा आयोगले करिब साढे पाँच सय नायब सुब्बा पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५ सय ४८ पदमा नयाँ भर्ना आह्वान गरेको हो ।
लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ ।
उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ ।