वाङमय शताब्दी पुरुष जोशी १०१ वर्षमा प्रवेश

17

काठमाडौं) – वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी १ सय १ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म बाबु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ बैशाख ३० गते पाटनको बखुम्बहालमा भएको हो ।

नेपाली कला, सास्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा उल्लेख्य योगदान गरेबापत जोशी सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्टबाट सम्मानित भएका थिए ।

यस्तै सरकारले पनि उज्जवल कीर्तिमान राष्ट्र दीपले उनलाई सम्मान गरेको छ । जोशीले लोक संस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि २०१७ र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करीब ५० कृति प्रकाशित भइसकेका छन् । उनको १ सयौं जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले गत वर्ष जिल्ला सार्वजनिक बिदा दिएको थियो । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु छैनन् ।

समाचार वर्गहरू