वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु पक्राउ

66

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा कार्यरत नायब सुब्बालाई घूस सहित पक्राउ गरेको छ ।

घूस लिएको आरोपमा काठमाडौंको बबरमहलस्थित विभागमा कार्यरत नायब सुब्बा शिवशंकर महतो पक्राउ परेका छन् ।

सेवाग्राहीबाट १० हजार घूस बापतको रकम लिएको अवस्थामा नासु महतोलाई कार्यकक्षबाटै नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिएर आएका सेवाग्राहीसँग महतोले घूस लिएको दावी आयोगको छ ।

समाचार वर्गहरू