काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रिट निवेदन परेको दुई वर्ष पछि वहस नोट मगाउने आदेश गरेको हो।
प्रतिनिधिसभामा पराजित भैसकेका व्यक्तिलाई त्यसै कार्यकालमा राष्ट्रिय सभामा मनोनित गर्न नपाइने भन्दै गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले २०७७ असोज १२ मा रिट निवेदन दर्ता गरेका थिए।
गौतम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका थिए। त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेकी थिइन्।