विगत र अहिलेको हेरेर मलाई ट्रोल गरेपनी स्वीकार्य छ – झाँक्री

96

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले फर्किएका छन् । राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले एमालेमा उनीहरूलाई स्वागत गरेका थिए ।

नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू घर फर्किएका हुन्।

२०७८ भदौमा एमाले विभाजन गरेर माधव नेपाल नेतृत्वमा नेकपा एस दर्ता गरिएको थियो । अहिले माओवादीसँग एकता गरेसँगै नेकपा एसको एउटा तप्का मूलघरमै फर्किएका हुन् ।

नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जनताको रक्षक एमालेबाहेक अरू कुनै हुनै नसक्ने बताएकी छन्।

उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला। त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो। हामी वास्तविकताबाट टाढा हुन सक्दैन। त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ।’

समाचार वर्गहरू