मध्यविन्दु/काठमाडौँ – विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद भएको भन्दै नेपाल एयरलाइन्सका २४ जना पाइलटले सामुहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा राखेर उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन् । उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन् ।
पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउँछन् । तलब भने उनीहरुले १५ लाख पाउछन् । कर पनि व्यवस्थापनले तिरिदिएको छ भने नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।
पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए । उनका अनुसार विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन् ।
