विदेश घुम्न र पढ्न जाँदा नेपालीले सक्छन् अर्बौं रुपैयाँ

28

मध्यबिन्दु/काठमाण्डौ – अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा अर्बौं रुपैयाँ बाहिरिने गरेको तथ्य सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा घुम्न र अध्ययनका लागि विदेशिने नेपालीले साढे ३१ अर्ब रुपैयाँ खर्च गरेका नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्टले देखाएको छ ।

चालु आवको साउनदेखि मंसिरसम्म नेपालीले विदेश भ्रमण र शिक्षामा गरी ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका रिपोर्टले देखाएको छ । यद्यपी यो रकम गत वर्षको सोही अवधिको तुलनामा २३.७ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेश भ्रमण र शिक्षामा ४१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो ।

समाचार वर्गहरू