विद्यालयको पढाइ अब वैशाख २१ गतेबाट

71

काठमाडौँ – विद्यालयहरूको पठनपाठन २०८३ वैशाख २१ गतेदेखि हुने भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सबै स्थानीय तह र विद्यालयहरूलाई परिपत्र गर्दै २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न भनेको हो।

चैत २२ गते मन्त्रिपरिषद्ले शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको थियो।

साथै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयअनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदाअनुसार विद्यालयहृलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।

समाचार वर्गहरू