विद्यालयमा ‘डिआई’ नराख्न काठमाडौं महानगरको निर्देशन

6

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न निर्देशन दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्।

अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो .

पछिल्लो समय विद्यालयहरुले अनुशासन इन्चार्ज (डिआई)को नाममा अलि हट्टाकट्टा व्यक्तिलाई राखेर शारिरिक तथा मानसिक यातना दिएका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू