काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन् ।
नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन नपर्नेमा जोड दिएका हुन् ।
“समस्याहरू छन्, तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईँहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेपाल शिक्षक महासंघ र सरकारबीच २०७५, २०७८ र २०८० सालमा भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघको नेतृत्वमा दश दिनदेखि शिक्षक कर्मचारीहरू माइतीघर–नयाँ बानेश्वर सडकमा आन्दोलित छन्।