(काठमाडौं) – बलिउड अभिनेत्री विद्या बालनको पहिलो छोटो फिल्म नटखटको पोस्टर सार्वजनिक गरिएको छ । सबै भन्दा चाखलाग्दो कुरा पोस्टरको साथ फिल्मको ट्याग लाइन रहेको छ ।
फिल्मको ट्याग लाइन के तपाई कथा सुन्नुहुन्छ ? पोस्टरमा विद्या बालनसँगै एक बच्चालाई पनि देखाइएको छ । शान व्यासद्वारा निर्देशित सो फिल्म विद्या बालन र रानी स्क्रुवालाले निर्माण गरेकी हुन् ।
यो फिल्ममा एउटी आमाको कथालाई समेटिएको छ । यो फिल्ममा आफ्ना बच्चालाई सुरुदेखि नै महिलालाई सम्मान गर्न र महिला तथा पुरुषलाई समान व्यवहार गर्नुपर्छ भन्ने विषयलाई देखाउन खोजिएको छ ।
यस फिल्मका बारेमा विद्या बालनले यसको कथाले आफूलाई धेरै प्रभावित बताएकी छन् । यो फिल्ममा एउटी आमाले आफ्नो छोरालाई समाजका कुकर्मका बारेमा कथाहरू मार्फत बताउने उनले जानकारी दिईन ।
हामी सबै पुरुष प्रधान सोचको एक अंश भएको भन्दै यो चलचित्रले त्यो सोचाइलाई भंग गर्ने उनले बताईन ।