विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण चर्चा, पूर्वराष्ट्रपतिको सुविधा के हुन्छ ?

6

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पुरानो पार्टी सदस्यता ब्युँताउने विषय सदनमा प्रवेश गरेको छ। उनि नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन्।

एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन्।

भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा चलेसँगै राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने सेवासुविधाका विषयमा सरकारले नियमन गर्नुपर्ने सांसदहरूले कुरा उठाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले सेवा\सुविधा दिने कि नदिने भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।

गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेको एमाले स्रोतले बताएको छ । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले भण्डारीले पार्टीको सदस्यता नवीकरण गरिनसके पनि सदस्यता नवीकरण गर्ने बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू