विद्युत् प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सहित १० जना पदमुक्त

74

काठमाडौं । ‌‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत निकायका पदाधिकारीहरू स्वत: पदमुक्त भएका छन् ।

मन्त्रालयले सूचना मार्फत अध्यादेशको दफा २ अनुसार विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सहित १० जना पदमुक्त भएको जनाएको छ ।

अध्यादेश कार्यान्वयनमा आएसँगै विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धिताल सहित सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएका छन् ।

त्यस्तै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पदमुक्त भएका छन् । प्राधिकरण सञ्चालक समिति सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि पदमुक्त भएका छन् ।

समाचार वर्गहरू