विद्युत् प्राधिकरण कलैयाका कर्मचारी घूस सहित पक्राउ

12

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्राधिकरण कलैया वितरण शाखा इलेक्ट्रिकल हेल्पर राजदेव महतो कोइरीलाई नौ हजार रुपैयाँ घूसहित अख्तियारको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।

नयाँ विद्युत् मिटर जडान गर्नका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग घूस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

इलेक्ट्रिक हेल्पर कोइरीलाई कलैया उपमहानगरपालिका–३ स्थित चिया पसलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

समाचार वर्गहरू