काठमाडौं – नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।
एमालेले ललितपुरको गोदावरीमा आजदेखि शुरु भएको प्रथम विधान महाधिवशेनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको हाे ।
पहिलो दिनको कार्यक्रम सकिएपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । शनिबार बिहान ८ बजे सुरु हुने महाधिवेशनको दोस्रो दिन दस्तावेजहरूमाथि समूहगत छलफल हुने कार्यक्रम छ ।’
समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने स्राेतले बताएकाे छ।
को-को कुन समुहमा –
प्रदेश १ (समूह क)
सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे
प्रदेश २ (समूह ख)
सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह
वागमती प्रदेश (समूह ग)
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनान्द पोखरेल
गण्डकी प्रदेश (समूह घ)
सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा
लुम्बिनी (समूह ङ)
सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लिला गिरी
कर्णाली प्रदेश (समूह च)
सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी
सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजिरकण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा
उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य
जनसंगठन (समूह झ)
सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल
केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षता : भानुभक्त ढकाल