विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

221

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको एमाले सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर एमालेको पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

सोही स्टाटस लेखेकै कारण एमालेले पाण्डे र तिम्सिना दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

समाचार वर्गहरू