काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा बिहिबार बिहान उनीहरुबीच भेटघाट भएको हो।
महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार मोर्चाबन्दि गरेरै एमसिसीको बिरोधमा उत्रने तयारी स्वरुप नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उमसिसीको विपक्षमा आफ्नो मत राख्नेहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई भेटेका थिए।