विप्लव समुहका २० बढि नेता–कार्यकर्ता नियन्त्रणमा

39

काठमाडौँ – सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका आज एकै दिन २० जना भन्दा बढी कार्यकर्तालाई काठमाडौबाट पक्राउ गरिएको छ ।

विप्लवका कार्यकर्तालाई प्रहरीले सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला विद्यार्थीहरुको समूहमा धरपकड गरी नियन्त्रणमा लिएको हो ।

नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू