विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढि नेता कार्यकर्ता कांग्रेस प्रवेश

11

काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ अन्तर्गतको शंकरापुर नगरपालिका वडा नं ४ ले वृहद पार्टि प्रवेश तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा नेकपा एमाले माओवादी र राप्रपा परित्याग गरी २ सय भन्दा बढि नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको कांग्रेसका पुर्वमहाधिबेशन प्रतिनिधी राजाराम तिवारीले जानकारी दिए ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापती उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा संयोजक सोना ब तामाङ्ग नगर सभापती राजुभाई मानन्धर सभापती डम्बर मोक्तान महाधिबेशन प्रतिनिधी रामशरण ढुङ्गाना कार्यबहाक वडा बडाअध्यक्ष जित ब मोक्तान लगायतले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

समाचार वर्गहरू