विवाद अन्त्यका लागि देउवा, पौडेल र सिटौलाबीच भोली वार्ता हुँदै

38

मध्यबिन्दु/काठमाडौं– पछिल्लो समय नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादको अन्त्यका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच बुधबार (भोली) छलफल हुने भएको छ ।
कांग्रेस स्रोतका अनुसार सभापति देउवाको सक्रियतामा नेतात्रयबीच छलफल हुन लागेको बताईएको छ ।
सभापति देउवाले एकलौटी ढंगबाट पार्टी चलाएको र केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको मिति कार्यतालिका सहित सार्वजनिक गरेपछि नेता पौडेल लगायत असन्तुष्ट छन् । पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन प्रयोजनका लागि विधानका धारा निलम्बन गर्ने, तरुण दलको म्याद थप्ने जस्ता निर्णयसँग असहमति राख्दै आएका पौडेल/सिटौलाले आफू निकटका जिल्ला सभापतिहरुसँग पनि परामर्श गरेका थिए ।

वरिष्ठ नेता पौडेल अघिल्लो सोमबार भारत भ्रमणमा गएका कारण वार्ता अवरुद्ध भएको थियो । उनी फर्किए लगत्तै नेतात्रयबीच वार्ता हुन लागेको हो । वार्ताको क्रममा मुख्य रुपमा क्रियासिल सदस्यताको छानबिन गर्न निष्पक्ष समिती निर्माणसँगै भातृ संस्थाको अधिवेशन प्रयोजनका लागि तदर्थ समिती गठन र विधानको निलम्बित धाराको विषयमा गम्भिर छलफल हुने बुझिएको छ ।

देउवा पक्ष केन्द्रिय समितिमा जुन रुपमा प्रश्तुत भए त्यसबाट महाधिवेशन समेत निष्पक्ष रुपमा सम्पन्न हुनै नसक्ने निचोड पौडेल–सिटौला पक्ष पुगेकै बेला हुनै लागेको वार्तामा यि सवै विषयमा छलफल हुने कांग्रेस उच्च स्रोतको दावी छ ।

समाचार वर्गहरू