विवेकशीलका अध्यक्ष बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जना पक्राउ

7

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ परेका छन् ।

राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको र पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू