विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना

7

काठमाडौं – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना चयन भएकी हुन् ।

काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।

उनका अनुसार उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।

पार्टीको विधान अनुसार ६१ सदस्सिय केन्द्रीय समिति हुनेछ । केन्द्रिय सदस्यहरु भने चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू