काँग्रेस, विशेष महाधिवेशनको बन्द सत्र ९ बजे,केन्द्रीय कार्यसमितिको बैठक ११ बजे

38

काठमाडौँ । नेपाली कांग्रेसमा एकापक्षले दोस्रो विशेष महाधिवेशन गरिरहँदा आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान भएको छ ।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जारी महाधिवेशनको बन्द आज बिहान ९ बजेबाट शुरु हुँदैछ । भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ । दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन भएर मंगलबारसम्म लम्बिएको हो ।

आज महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ भने हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने तयारी छ । आजको बन्द सत्रमा निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समिति भङ्ग गरिने तयारी रहेको छ ।

यता, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र ७ वटै प्रदेशका सभापतिलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

समाचार वर्गहरू