विश्वबैकको प्रक्षेपण र उद्योग वाणिज्य महासंघको निर्वाचन

17
सुदर्शन आचार्य

सुदर्शन आचार्य

बैज्ञानीक तथ्य अनुसार जेष्ठ प्राणी मानसिक र शारिरीक दुवै हिसावले सिथील हुन्छ । बैज्ञानीकहरुले पत्ता लगाएको अर्को पनि तथ्य के हो भने गती शुन्य हुदा उर्जा पदार्थमा सिमीत हुन जान्छ । मानसिक एवं शारिरीक गतीशुन्यताका कारण नेपालका प्रमुख राजनितीक दल तथा तीनका उपल्लो तहका धेरै जसो नेता पदार्थको अवस्था (जड) मा रुपान्तरण हुदाँ नेपालले आशातीत विकासमा फड्को मार्नै सकेन ।

सन १९५० देखी १९५३ सम्म उत्तर कोरियासंग युद्ध लडेर घाइते बनेको दक्षिण कोरिया, जातीयताको चपेटाबाट लपेटीएको मलेसीया र १९५६ मा मात्र अलग देशको मान्यता पाएको सिगांपुरले कुशल नेतृत्व पाएकै कारण छोटै अवधिमा चमल्कारीक रुपमा विकास गर्न सफल भए । जुन देशमा ५ बजेनै अर्थमन्त्रालयमा ताला लाग्ने गर्दछ, त्यो देशले विकास गर्न सम्भवनै छैन । मुलुकको विकासका खातीर मध्यरातसम्म अविराम काम हुनसक्दा मात्र विकास सम्भव हुने हो । नेपालका सन्दर्भमा यी कुनै कुरा पाइदैन ।

कोभिड १९ का कारण मुलुकको अर्थतन्त्र चलाएमान बन्नै सकेन । कोरोना प्रकोप पश्चात अर्थतन्त्रमा परेको प्रभावको “रिकभर”हुन दुई वर्ष लाग्ने विश्व बैकको प्रक्षेपण छ । नेपालमा कोभिडको प्रभावको उत्कर्ष भर्खरै देखिदै छ । नेपालको अर्थतन्त्रको मुल आधार भनेकै उद्योग,पर्यटन र विप्रेषणमा आधारीत भएकाले छिटै “रिकभर”भैहाल्ने स्थिती देखिदैन । निजी क्षेत्रलाई कोभिड पश्चात मात्र नभई कोभिड अघि पनि प्रोत्साहन गरिएको थिएन । तसर्थ पनि अर्थतन्त्र चलाएमान हुनै सकेको थिएन । कोभिड र सो पश्चातको आर्थिक क्षतीको आँकलन आजका मितीमा मुस्कील छ ।

रोजगारीको अवस्था उत्तीकै भयावह छ । अमेरीकी सेन्ट्रल इन्टेलीजेन्ट्स नामक संस्थाका अनुसार कृषिमा बाहेक करिव पचास लाखको हाराहारीमा मानिसहरु अनौपचारीक क्षेत्रमा कार्यरत छन । आज तिनीहरुको रोजगारी माथि प्रश्न उठेको छ । रोजगारिवाट विमुख भएर नेपाल फर्किएका युवा पनि लर्को लागेर विदेशीदै छन । राजनितीक क्रान्ती समाप्त भएकाले अवको क्रान्ती विकास भन्ने सरकार र उसको पार्टीको लोकै हसाउने तमासाका बारे याहा उल्लेख गरिरहनु नपर्ला ।

“डिप्रेषण”उन्मुख अर्थतन्त्र चलाएमान बन्नकालागि सुरक्षित रुपमा उद्योग धन्दा संचालन हुन पाउने बातावरण निर्माण जरुरी छ । उद्योगी तथा ब्यपारिहरुको छाता संगठन नेपाल उद्योग बाणीज्य महासंघ आज निर्वाचनको पुर्व सन्ध्यामा छ । उद्योग संचालन सगै अर्थतन्त्र समेत चलाएमानका निम्ती महासंघमा सरकार र उद्योगी विचको समदुरी कायम राख्ने नेतृत्व चयन हुन सक्दा मात्र अर्थतन्त्र समेत चलाएमान हुन सक्दछ ।

राष्ट्रिय राजश्वमा ठुलो हिस्सा योगदान पु¥याउदै आएको निजी क्षेत्रलाई एकातीर सरकार र अर्का तिर ट्रेड युनियनबाट च्यापेर मात्र राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रले योगदान पु¥याउन सम्भवै छैन । सरकारले आसातीत रुपमा उद्योग धन्धा चालु राख्ने, विकासका नाममा छुट्याइएका दोहोरो कार्यक्रम समायोजन गर्ने र नेपाली रुपैयाको अवमुल्यन रोक्ने जस्ता कार्यक्रम भने ल्याउनै सकेन । तसर्थ निर्वाहमुखी कृषि बाहेक अन्य क्षेत्रले गती लिन तत्काल सम्भव देखिदैन ।

राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनका लागि पनि निजी क्षेत्र उठ्न जरुरी छ । निजी क्षेत्र उठाउने कार्यक्रममा सरकारका निती प्रभावकारी वन्नै सकेन । संगै निजी क्षेत्रले समेत आफ्नो प्रभावकारीताका लागि राज्यलाई दवाव पनि दिन सकेन । ऋणात्मक अवस्थामा पुगेको अर्थतन्त्रलाई दोहोरो अंकमा पु¥याउने निती अन्र्तगत राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सक्नु पर्दथ्यो । राज्य यो सवालमा नराम्रोसंग चुक्न पुग्यो भने भिजन सहितका युवा उद्यमीहरु सौरभ ज्योती, शाहील अग्रवाल, विजय सिहं बैद्य, ज्योत्सना श्रेष्ठ,रंजित राज आचार्य, कृष्णप्रसाद दुलाल, आनन्द बगरीया, राजेश कुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, प्रवलजंग पाण्डे, सुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा, शैलेन्द्र गुरागाँई, मदनलाल जोशी,गुणनिधी तिवारी, भरत आचार्य, गोपाल खनाल, शुमित केडीया, आदीलाई नेतृत्वमा पु¥याउनवाट स्वयम उद्यमी पनि चुक्न पुगे भने निजी क्षेत्र पनि अवश्यनै धराशायी बन्ने छ ।

महासंघको नेतृत्वमा पुग्नेहरुका सामु मुलत जिल्ला देखी संघ सम्मको राज्य–निजी क्षेत्र साझेदारी, संकटमा रहेका उद्योगहरुको उद्धार, औद्योगीक शान्ती र उद्योगी–श्रमीक सम्बन्धको सुदृढिकरण, निर्यात प्रवर्धनका लागि समान विदेशी कम्पनीसंगको साझेदारी, आर्थिक कुटनितीक सम्बन्ध र कर विवादको निरुपण जस्ता मुद्धा विद्यमान छन । यी मुद्धाहरुमा राज्यसंग कुटनितीक सम्बन्ध स्थापीत गरि मुद्धाको हलगर्ने नेतृत्वनै उद्यमीहरुको रोजाईको नेतृत्व हो । महासंघको विधानत अवको नेतृत्व शेखर गोल्छाले गदैछन भने त्यसपछिको नेतृत्वका लागि स्थापीत ब्यवसायी द्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान दुवैको आ आफ्नो प्यानल चुनावी मैदानमा छन ।

महासंघको नेतृत्वका सम्बन्धमा भिजन सहितको युवा नेतृत्व आजको आवश्यकता हो । जसले भोलीको महासंघ हाक्न सक्षम हुनेछन । महासंघमा आज नेतृत्वका भिजन सहितका युवा आकाक्षी उद्यमी मुलुकमा प्रशस्त छन । कोहि निर्वाचनको दौडमा होलान त कोहि बाहिर । यी उद्यमीहरुको भिजनलाई मुलुकको निजी क्षेत्र उठाउन सदुपयोग गर्न सक्दा मात्र कोभिड पछिको अर्थतन्त्रले गती लिन सक्ने विश्वास गर्न सकिन्छ । राज्यसंग सम्झौतामा पुगीहाल्ने वा राज्यका सामु निरिहता प्रकट गर्ने नेतृत्वबाट नेपालको निजी क्षेत्र न त उठन सम्भव छ, न त राष्ट्रिय अर्थतन्त्रमा योगदान नै । आज होटल तथा पर्यटन क्षेत्रको अवस्था भयावह छ । कोभिडले भन्दा भोकमरीले आत्महत्या गर्नेको संख्यामा वृद्धी देखिन्छ । सरकार पार्टी भित्रको आन्तरीक झमेलामा नराम्रोसंग फस्न पुगेको छ । विपक्षी स्वयम पनि सत्ताको फुटमा मात्र आफ्नो हित हेरेर बसेको छ , ता की उसले जनजिवीका तथा समग्र नेपालको आर्थिक उन्नतीका बारे दरिलो आवाज उठाउन सक्नु पर्दथ्यो । यसरी हेर्दा सत्ता, प्रतिपक्ष, निजी क्षेत्र, नेपालको उद्योग, पर्यटन, होटल ब्यवसाय, शिक्षा स्वास्थ्य,लगाएत समग्र क्षेत्र सन्तोषजनक रुपमा अघि बढेको पाइदैन । नेपालको निजी क्षेत्र भनेको ठुलो स्केलमा रोजगारी सृजना गर्ने पनि क्षेत्र हो , जसलाई राज्यको तर्फवाट सम्मान गर्नुको सट्टा उल्टै हतोत्साही गर्ने गरिन्छ । मुलुक आत्मनिर्भरतामा जानका निम्ती पनि राज्यले निजी क्षेत्रसंग सहकार्य आजको आवश्यकता हो ।

अव नेपालका सन्दर्भमा नयाँ भिजन सहितको उद्योग भित्र्याउन सक्ने नेतृत्वको अपेक्षा हो । उद्योग वाणीज्यसंघमा कृषि, आइटी जस्ता क्षेत्रमा मुलुकले नयाँ भिजन खोजेको छ । चुनाव जित्नका लागि उद्योग कलकारखाना लगाएत ब्यापारनै नभएका ब्यक्तिको बोलवालाले न महासंघले गती लिन्छ न त अर्थतन्त्रमा योगदाननै । बास्तविक उद्योगीको हातमा महासंघको नेतृत्व नपुग्दा सम्म उद्योग बाणीज्य महासंघका नाममा कथित उद्योगीले राज गर्ने हुन । कथित उद्योगीको हातबाट बास्तविक उद्यमीको हातमा नेतृत्व सुम्पने समय भनेकै महासंघको निर्वाचन हो । यही निर्वाचनले मुलुकको अर्थतन्त्रसंगै अर्थतन्त्रमा योगदान पु¥याउने भिजन सहितको नेतृत्व चयन गर्ने हो । देशै भरका तमाम उद्यमीहरुका प्रतीनिधीले नेतृत्व चयनकै समय सुझबुझ देखाउन सक्दामात्र कोभिड पछिको निजी क्षेत्र जुरुक्क उठन सम्भव छ । अन्नपुर्णपोष्ट बाट ।

समाचार वर्गहरू