विश्वासको मत पाएपछी देउवालाई मोदीको बधाई

7
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

नेपालमा प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिने यसअघीको परिपाटी भएपनी  प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाएपछी मात्रै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गरेका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।

समाचार वर्गहरू