विश्व मुटु दिवस, मुटु सम्बन्धी रोगका कारण हरेक वर्ष १७ लाख बढीको मृत्यु

20

काठमाडौं – विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम आज गरी मनाईंदैछ । नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसर पारेर विभिन्न अस्पताल तथा संस्थाहरुले चेनतामूलक कार्यक्रम तथा यार्ली निकालेका छन् ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो । विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ लाख भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन तथा सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करीब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धी रोगका कारण मानिसहरुले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् ।

व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसंगको दुरीका कारण आज मानिसहरु हृदयरोगको सम्भावित जोखिम छन् ।

समाचार वर्गहरू