विश्व हिन्दु महासंघ अध्यक्षमा भण्डारी निर्वाचित

73

काठमाडौं – विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठकले अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतरुपमा निर्वाचित गरेको छ।

महासम्मेलन २७–२९ मंसिरमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भएको थियो। यसअघि कार्यवाहक अध्यक्षका रुपमा कार्यरत भण्डारीलाई महासम्मेलनले अध्यक्ष निर्वाचित गरेको हो।

विगतमा पत्रकारिता गरेकी भण्डारी साहित्यकारसमेत हुन्। उनी महासंघमा लामो समयदेखि कार्यरत छिन्। महासंघ अन्तर्राष्ट्रियको विधानअनुसार अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्वमुख्य न्यायाधीश  शम्भु बहादुर खड्काको संयाजकत्वमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरीको निर्वाचन समिति गठन भएको थियो।

अध्यक्ष पदमा भण्डारीको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेको हो।

तीन  दिवसीय अन्तर्राष्ट्रिय  सम्मेलनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतपेश्वर दास बैष्णव थिए। सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका प्रतिनिधि सहभागी थिए।

समाचार वर्गहरू