वीपी प्रतिष्ठानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमितको मृत्यु

42

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट इनरुवा नगरपालिका-४ निवासी २८ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि असोज ८ गते अस्पताल भएकी उनको स्वाबको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

समाचार वर्गहरू