वीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

17

सुनसरी  – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–१० निवासी ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । ३९ वर्षीय ती पुरुषको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

समाचार वर्गहरू