सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ अस्पतालमा उपचाररात थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका-१६ निवासी ९० वर्षीय वृद्धको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार गत असोज ३० गते संक्रमण पुष्टि भएपछि उनलाई कार्तिक १ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उच्च रक्तचाप र मधुमेहको दीर्घरोगी रहेका संक्रमित वृद्धको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।