वीरगञ्जका मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी

57

काठमाडौँ- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

पर्सा जिल्ला अदालतले मंगलबार मेयर सिंद्धविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। चारवटा उजुरी दर्ता भएकोमा सिंहविरूद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले मेयर सिंहविरूद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीमा लिखतसम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको उनले सूचना अधिकारी यादवले बताए।

उनीमाथि राहदानीसम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर, सरकारी छाप किर्ते र लिखतसम्बन्धी कसुरमा उजुरी परेकोमा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पर्सा जिल्ला अदालतले जनाएको छ।

समाचार वर्गहरू