वीरगन्ज बचाउन युवाहरुको समाजिक संजालमा दबाब अभियान

18

वीरगन्ज – कोरोना महामारीबाट वीरगन्जलाई बचाउन माग गर्दै युवाहरुले बुधबारदेखि अभियान थालेका छन ।

वीरगन्जका युवाहरूले कोरोना महामारीबाट वीरगन्जलाई बचाउनका लागि माग गर्दै समाजिक सन्जालमा पम्प्लेट सार्वजनिक गरेर अभियान थालेका हुन ।

समाजिक संजालमा सक्रिय युवाहरुले आफ्नो घरमै बसेर सरकारको विरुद्ध गर्दै वीरगन्ज बचाउनमा अभियान थालेको बताएका छन ।

गएको एक सातादेखि वीरगन्जमा उपचार नपाएर अनाहकमा ज्यान गुमाइरहेका आम जनताको जीव ज्यानको सुरक्षाका लागि दबाब अभियान थालिएको उनीहरुले भनाइ छ ।

युवाहरुले समाजिक संजालमा कोरोनागन्ज के मुख्यमन्त्री कहाँ छि अहा , वीरगन्जबासी माफ गर्नुहोला , तपाईले सम्पर्क गर्नु भएको तिनै तहका सरकार भ्रष्टाचार र दलालीमा ब्यस्त छ,
हाम्रो कोरोना कस्तो मुख्यमन्त्री लालबाबु र स्वास्थ्यमन्त्री भानुभक्त जस्तो ,नारायणी अस्पतालका मेसुको काम बैठकमात्र कि जनताप्रति जवाफदेहिता पनि जस्ता बिरोधको पम्प्लेट आफ्नो सामाजिक संजालमा सार्वजनिक गरिएको अभियानका मेराजुल हवारीले बताए ।उनले वीरगन्जलाइ अहिले कोरोना महामारीबाट बचाउनका लागि सडकमा नगएर आफ्नो समाजिक संजाल मार्फत दबाब मुलुक अभियान थालिएको बताए ।

समाचार वर्गहरू