वीर अस्पतालमा कार्यकक्षमै कुटिए चिकित्सक

60

काठमाडौं – वीर अस्पतालको शल्यक्रिया कक्ष बाहिर चिकित्सकमाथि हातपात भएको छ।

शुक्रबार अस्पतालको शल्यक्रिया कक्ष बाहिर गयास्ट्रो सर्जन डा. शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए।

तोकिएको समयमा बिरामीको शल्यक्रिया नभएपछि आक्रोशित बनेका आफन्तले चिकित्सकमाथि हातपात गरेको अस्पताल प्रशाशनले जनाएको छ।

घटनामा संलग्न रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ ।

समाचार वर्गहरू