काठमाडौँ – सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्ला स्तरीय संयन्त्रलाई नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन निर्देशन दिएको हो।
“बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने निर्णय हुनुका साथै स्थानीय तहको वस्तुस्थिति पठाउन निर्देशन दिइएकाे हाे,” बैठकमा सहभागी एक नेताले भने ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित सहभागी छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मेलित गठबन्धनलाई भागवण्डा मिलाउन सकस परेको छ।