वोल्भरहेम्प्टनका माट डोहर्टी टटनहाममा अनुबन्धित

38

एजेन्सी – इंग्लिस क्लब टटनहाम हट्स्परले वोल्भरहेम्प्टनका मिडफिल्डर माट डोहर्टीलाई क्लबमा अनुबन्ध गरेको छ । आयरल्याण्डका २८ वर्षे युवा चार वर्षे अनुबन्धनमा टटनहाम छिरेका हुन् ।

होसे माउरेन्होको टटनहाम प्रेमियर लिगको गत सिजन उत्कृष्ट ५ भित्र पर्न नसकेपछि आलोचित बनेको थियो । सन् २०१० मा वोल्भरहेम्प्टनसँग अनुबन्धन भएका डोहर्टीले ३ सय खेल खेलेका छन् ।

मिडफिल्डर पिरे एमाइल होजबर्गे र गोलकीपर जो हार्टको आगमन पछि उनी स्पर्सको प्रवेश गर्ने तेस्रो खेलाडी हुन् । उनले भने, ‘म धेरै गर्व छ कि म यति ठूलो क्लबमा सामेल भएँ ।’

समाचार वर्गहरू