काठमाडौं – नेपालमा शनिबार थप १ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवत्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक सय ९ जना संक्रमित थपिएको जानकारी दिए ।
देशभरका प्रयोगशालामा ४ हजार ७५ नमूनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ८३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना रहेका छन् भने आईसाेलेशनमा पाँच हजार तीन सय ८५ जना छन् ।
मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३/३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर एक सय ६ जना घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।
कोरोनाको संक्रमणबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।