शहिदका सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौँ : सभापति देउवा

58

(काठमाडौं) – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहिदको सपनालाई विपनामा रुपान्तरणका लागि संकल्प गर्न आह्वान गरेका छन् ।

शहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने बताएका छन् ।

लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै सभापति देउवाले यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले दु्रततर रुपमा विकास र निर्माणका कार्य गर्ने बताए ।

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।”

समाचार वर्गहरू