शिक्षकले गरे छात्रामाथि यौन दुर्व्यवहार

62

विराटनगर – दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई हदैसम्मको कारबाही माग गर्दै पीडितका आफन्तले मंगलबार जिल्ला अदालत मोरङ परिसर बाहिर प्रदर्शन गरेका छन् ।

यौन दुर्व्यवहार गरेको आरोपमा लागेका विराटनगर–८ अशोक चोकस्थित रजाए मुस्तफा प्राथमिक विद्यालयका प्रधानाध्यापक अमिरुद्दिन भनिने मोहम्मद अमिर मियाँले घटनाको लामो समयपछि हिजो जिल्ला अदालतमा आत्मसमर्पण गरेको थिए ।

गत माघ ७ र ८ गते विद्यालयमा अध्ययनरत दुई छात्रालाई यौन दुब्र्यवहार गरेको आरोप मियाँमाथि छ ।

घटनाको ६ महिनापछि आत्मसमर्पण गरेका उनीविरुद्ध बाल यौन दुब्र्यवहार सम्बन्धी मुद्दा दर्ता छ । उनको आजदेखि जिल्ला अदालतमा बयान समेत सुरु भएको छ ।

समाचार वर्गहरू