शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ

62

काठमाडौं – शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ ।

सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।

नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

२० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ ।

समाचार वर्गहरू