शुक्लाफाँटामा चराका प्रजाति बढ्दै

21

कञ्चनपुर – विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको संख्यामा वृद्धि हँुदै गइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको संख्या वृद्धि भएको जानकारी दिए ।

“सन् २०१९ को हिउँद याममा चरा गणना सम्पन्न भएको थियो । प्रजातिको संख्या ४५० पुगेको छ,” उनले भने । सन् २०१२ को गणनामा ४२४ प्रजातिका चरा रहेको थियो ।

नेपालमा पाइने चराको प्रजाति मध्ये करिब ५० प्रतिशत चरा यहाँ पाइने बताइन्छ । यहाँ सन् २०१३ देखि चराको प्रजातिको गणना हुँदै आएकोे छ । नेपालमा ८८७ प्रजातिका चरा पाइन्छ । विश्वमै दुर्लभ मानिने चराको प्रजाति यहाँ रहेका छन् ।

भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध, बगाले बगेडी, सिमतित्रा र सारस लगायतका २३ प्रजातिका विश्वमा दुर्लभ मानिएका चरा शुक्लाफाँटामा रहेको निकुञ्जले जनाएको छ । नेपालकै ठूलो घाँसे मैदान, १६ वटा पाटे बाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

 

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू