शेयर बजारमा आज पनि हरियाली; दोहोरो अंकको वृद्धि

58

काठमाडौं – यो साता धितोपत्र बजारमा लगातार हरियाली छाएको छ । आइतबार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसुचक आज सोमबार पनि दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.२६ अंकले बढेर एक हजार २००.६९ अंकमा पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार नेप्से १६.०९ अंकले बढेको थियो ।

सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढेर २ सय ६०.६७ पुगेको छ । परिसूचक बढेसँगै यसदिन कारोबार रकममा समेत भारी वृद्धि भएको छ । आज १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर खरिदबिक्री हुँदा ८४ करोड २५ लाख ८२ हजार १५० रुपैयाँको कारोबार भएको स्टकले जनाएको छ । अघिल्लो दिन ७१ करोड २४ लाख बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अंकले घट्दा लघुवित्त सबैभन्दा धेरै ३३.९८ र बैंकिङ २५.८६ अंकले बढेको छ ।

समाचार वर्गहरू