शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि विपक्षीहरू फत्रक्क गले – ओली

49

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।

एमाले संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे। “सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो ।

प्रधानमन्त्री ओलीले भने, “मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।”

एमाले मिसन २०८४ मार्फत् बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।

उनले परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रामाणिक कुराहरु साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशनसमेत दिएका छन् ।

समाचार वर्गहरू