रासस/हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज सोमबार एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यस पर्वले नेपाली–नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पुर्याउने बताए ।
“नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उनको सन्देशमा भनिएको छ ।