सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती-५. मा अवस्थित श्री ऐसेलुखर्क माविका पुर्व विद्यार्थीहरु सामाजिक सेवामा जुटेका छन् ।
विशेषगरी २०५१ र ०५२ का एस.एल.सी. समुहका विद्यार्थीहरु आफुले अध्ययन गरेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयकासाथै अन्य शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोगमा जूटेका हुन् ।
उक्त समुहले शुक्रबार श्री ऐसेलुखर्क विद्यालयसँगै रहेको मदर सिस्टर नेपाल वालगृहमा आश्रित वालवालिकाहरुकालागी केहि खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको उक्त समुहको संयोजन गरिरहेका केशब सापकोटाले बताए । उनका अनुसार उक्त समुहका हाल अमेरिका बसोबास गरिरहेका निमा शेर्पाको बिशेष पहलमा शैक्षिक तथा सामाजिक सेवाको सुरुवात गरिएको हो ।
उक्त समुहले २०५१ का एस.एल.सी. समुहका विद्यार्थी भवनाथ आचार्य अध्यक्ष रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयसँगै रहेको अभयानन्द शिक्षा क्याम्पसमै उपस्थित भएर क्याम्पसको आजिवन सदस्ता लिएको सापकोटाले बताए ।
समुहमा सहभागी लायन शुबाष बानियाँका अुनसार उनिहरुले श्री ऐसेलुखर्क माध्यमिक विद्यालयसँगै मदर सिस्टर नेपाल वालगृह र नवलपुर माविको समेत स्थलगत भ्रमण गरेर त्यहाँको वर्तमान अवस्थाको बारेमा जानकारी लिएका थिए ।
जिल्लाकै पुरानो विद्यालयका रुपमा परिचित यस विद्यालयमा अध्ययन गरेका सम्पुर्ण विध्यार्थीहरुलाई समेट्दै विद्यालयका शैक्षिक भौतिक लगायत सम्बन्धित बिषयमा आवश्कताका आधारमा केहि सहयोग गर्ने योजनामा यो सुरुवाती गरिएको पहलकर्ता निमा शेर्पाको भनाइ थियो ।